ईदका अवसरमा अध्यक्ष अन्सारीले दिए शुभकामना, मंगलबार विदा
काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले ईद उल फित्रको अवसरमा शुभकामना दिएका छन् ।
अध्यक्ष अन्सारीले सोमबार शुभकामना सन्देश जारी गरेर मुस्लिम समुदायलाई शुभकामना दिएका हुन् ।
ईद उल फित्र (ईद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड रहेको अन्सारीले जनाएका छन् ।
इस्लाम धर्मावलम्बीको १४४३ हिजरीको रमजान महिनाको एक महिने सौम (व्रत, उपासना) पूरा भएको भोलिपल्ट मंगलबारका दिन खुशीयाली साटासाट गर्दै मुस्लिम समुदायले ईद मनाउने गर्छन् ।
‘पवित्र रमजान महिनामा एक महिनासम्म दिनभरिको भोक, तिर्खा बिर्सेर, रिस–राग र स्वार्थ त्यागेर सबै ज्ञानेन्द्रियहरूलाई कुकर्मबाट टाढा राखी कठोर अभ्यास पूरा गरी भोलिपल्ट ईद उल फित्रको खुशीयाली साटासाट गर्दै मनाउने यो पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा ईद उल फित्र अर्थात ईद मुबारकको हार्दिक शुभकामना व्यक्त गर्दर्छौं’, अध्यक्ष अन्सारीले भनेका छन् ।
उनले भनेका छन्, ‘ईदले राष्ट्रिय एकता, अखण्डता, आपसी मित्रता, धार्मिक संहिष्णुता अझ बलियो होस । राष्ट्र निर्माण तथा विकासको मार्गमा अघि बढोस् र समृद्ध नेपाल तथा सुखी नेपालीको परिकल्पना साकार होस् भन्ने शुभेच्छा व्यक्त गर्दर्छौं ।’
सरकारले ईद उल फित्रका अवसरमा मंगलबार सार्वजनिक विदा समेत दिएको छ । आयोगका अध्यक्ष अन्सारको सल्लाह र सुझावमा गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर विदा दिएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया