ओलीको जस्तै अहँकार शैलीमा थुतुनो चलाउने स्थापितलाई २४ घण्टे पुर्जी
काठमाडौं । निर्वाचन आयोगले एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
अहँकारका साथ जथाभावी बोलेका स्थापिटलाई आयोगले दण्ड दिन स्पष्टीकरण सोधेको हो ।
सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिप्रति आयोगले २४ घन्टाभित्र स्पष्ट पार्न स्थापितलाई भनेको छ ।
स्थापितको अभिव्यक्ति सार्वजनिक भएपछि सत्य तथ्यबारे २४ घन्टाभित्र जवाफ दिन पत्र काटिएको आयोगले जनाएको छ ।
स्थापितले एक कार्यक्रममा प्रश्नकर्तालाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीकै शैलीमा अहँकारले भरिएको अभिव्यक्ति दिँदै आएका स्थापिटलाई आयोगले कारबाहीको संकेत गरेको छ ।
एमाले उमेदवार स्थापितको उमेदवारी खारेजीको माग गर्दै विज्ञप्ति जारी गर्ने ४५ वटा गैरसरकारी संस्थालाई पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया