नवनियुक्त आईजीपी सिंहले हेडक्वाटरमा कमाण्ड सम्हाले
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले जिम्मेवारी सम्हालेका छन् ।
सोमबार आईजीपी सिंहले हेडक्वाटरमा पदभार ग्रहण गरेका हुन् ।
यसअघि उनलाई गृहसचिव टेकनारायण पाण्डेले गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाइदिएका थिए ।
पत्रकारहरूसँग कुरा गर्दै आईजीपी सिंहले सांगठनिक क्रियाकलापहरूलाई प्रक्रियागत एवं पारदर्शी बनाइ कर्मचारीहरूमा जवाफदेहिता बढाउने बताएका छन् ।
उनले अकर्मण्यता पूर्ण रुपमा निर्मूल गर्ने, भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने कुरामा आफ्नो प्रतिवद्धता रहेको बताएका छन् ।
उनले अपराधिक तत्वसँगको साँठगाँठलाई निमिट्यान्न पार्ने र आफ्ना सहकर्मीहरूलाई साथमा लिइ संगठन सुधारका कार्यहरू लागू गर्ने प्रतिवद्धता जनाएका छन् ।
सिंहले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई सुरक्षित, भयरहित तवरबाट सम्पन्न गर्ने बताएका छन् ।
‘अहिलेको राष्ट्रिय प्राथमिकता भनेको स्थानीय तहको निर्वाचन हो’, उनले भने, ‘निर्वाचनलाई सुरक्षित, भयरहित तवरबाट प्रत्येक नागरिकहरूले आफ्नो अधिकारको प्रयोग गर्न सक्ने निर्वाचन सुरक्षा योजनाअनुरुप प्रहरीको सम्पूर्ण श्रोत साधन प्रभावकारी रुपमा परिचालित हुनेछ भन्ने व्यहोरा निवेदन गर्न चाहन्छु ।’
यसैबीच, गृहसचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सिंहलाई नियुक्त गरेको बताएका छन् ।
उनले प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भए पनि प्रचलित कानून प्रहरी नियमावलीमा भएको व्यवस्थाअनुरुप नै महानिरीक्षकमा बढुवा गरिएको बताएका छन् ।
सचिव पाण्डेले एआईजीहरुमा सिंहमा सबै कार्यकुशलता देखेर नै निर्णय गरेको बताएका छन् ।
उनले सबै एआईजीहरु २०४९ साल चैत १२ गतेको नियुक्ति भएकोले उनीहरूबाट नै कार्यकुशलता र नेतृत्व प्रदान गर्न सक्ने क्षमताका आधारमा सरकारले सिंहलाई महानिरीक्षक बनाएको बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया