नवनियुक्त आईजीपी सिंहद्वारा क्षेत्रीको विदाइ
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई शुभकामनासहित विदाइ गरेका छन् ।
सिंहदरबारमा आइतबार आयोजित कार्यक्रममा खाणले क्षेत्रीलाई विदाइ गरेका हुन् । गृहमन्त्री खाणले आईजीपी क्षेत्रीलाई मायाको चिनो समेत प्रदान गरेका छन् ।
क्त अवसरमा गृहमन्त्री खाणले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक क्षेत्रीलाई बधाई दिँदै सेवा निवृत्तपछिको व्यवासायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
गृहसचिव टेकनारायण पाण्डेले सेवा निवृत्तपछि पनि संगठनको हित एवम् विकासका लागि विज्ञ अनुभव उपयोगी हुने चर्चा गरेका छन् ।
यसैबीच, तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त भएका आईजीपी क्षेत्रीलाई प्रहरी मुख्यालयमा बिदाइ गरिएको छ ।
क्षेत्रीलाई नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले हार्दिक बिदाइ गरेका छन् ।
क्षेत्रीले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई हस्तान्तरण गरेका छन् ।
सिंहले सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक क्षेत्री लगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गरेका छन् ।
नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र संगठनप्रति पु¥याएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।
सिंहले संगठनमा बहाल रहँदा र सेवा निवृत्त भएपछि पनि संगठनको सफलता र गरिमा सबैको गर्वको विषय हुने तथा संस्थागत हितका लागि आगामी दिनमा उनीहरूको सल्लाह र सुझावको अपेक्षा रहने बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया