एमालेद्वारा रामपुर–१० मा कांग्रेसमाथि आक्रमण

रामपुर । पाल्पाको रामपुर नगरपालिका–१० मा नेपाली कांग्रेसका कार्यकर्ताहरूमाथि भएको हमलाप्रति कांग्रेसले ध्यानाकर्षण भएको जनाउँदै घटनाप्रति खेद प्रकट गरेको छ ।

चुनाव प्रचार प्रसारको क्रममा घरदैलोमा रहेका गठबन्धका युवालाई एमालेका युवाहरूले विथोल्ने प्रयास गरेको र झपडको स्थिति सिर्जना गरिएको जनाइएको छ ।

सो क्रममा एमालेका युवाहरूले कांग्रेसका घरदैलो अभियानमा रहेका युवाहरूमाथि आक्रमण गरेको बताइएको छ ।

नेपाली कांग्रेस नगर समितिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रचार प्रसार गरिरहेको अवस्थामा एमाले सम्बद्ध केही युवाहरूले एक्कासि हातहतियार प्रयोग गरी उग्रशैलीमा सांघातिक आक्रमण गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस नगर समितिका सभापति नेत्रप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा रामपुर–१० का एमालेका अध्यक्षका प्रत्यासी उम्मेदवारले ठूलो समुहमा युवाहरू परिचालन गरी आफ्ना कार्यकर्ताहरूमाथि हमला हुनु खेदपूर्ण रहेको जनाइएको छ ।

घटना प्रति विरोध जनाउँदै यस्ता घटना नदोहो¥याउन सचेत गराउँदै शान्तिपूर्ण प्रचार–प्रसार गर्न पाउने स्वतन्त्रताप्रतिको अधिकार सुनिश्चित गर्न प्रशासनको रामपुर कांग्रेसले ध्यानाकर्षण गराएको छ ।

Published : Sunday, 2022 May 1, 10:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया