नेपालबाट फर्किएका क्वात्राले भारतमा विदेश सचिवको जिम्मेवारी सम्हाले

काठमाडौं । भारतमा विदेश सचिव विनयमोहन क्वात्राले कार्यभार सम्हालेका छन् ।

नेपालका लागि पूर्वभारतीय राजदूत क्वात्राले आइतबारदेखि भारतको विदेश सचिवको जिम्मेवारी सम्हालेका हन् ।

हर्षवर्द्धन श्रींगलाले अवकाश भएपछि क्वात्रा विदेश सचिव बनेका छन् ।

क्वात्रा दुई वर्षअघि नेपालको राजदूत नियुक्त भएका थिए । क्वात्रा सन् १९८८ देखि भारतको कूटनीतिक सेवामा प्रवेश गरेका थिए ।

नेपाल आउनुअघि उनले विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालय, अमेरिकास्थित भारतीय दूतावासमा काम गरेका थिए ।

Published : Sunday, 2022 May 1, 1:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया