निर्वाचनको प्रचार शुरु भइसकेका बेला कांग्रेसका दुईजना निर्विरोध
मुगु । मुगु जिल्लाम नेपाली कांग्रेसका दुई जना महिला सदस्य उम्मेदवारहरू निर्विरोध भएका छन् ।
निर्विरोध हुनेमा मुगम कार्मारोङ गाउँपालिका–३ की कार्मा लाजुङ गुरुङ लामा र सोरु गाउँपालिका–५ की गंगादेवी शाही रहेका छन् ।
मुगु कांग्रेसले निर्विरोध भएका महिला सदस्यहरूलाई बधाई दिएको छ । कांग्रेसको पक्षमा जनलहर आएका कारण दुई जना सदस्य निर्विरोध भएको नेताहरूले जनाएका छन् ।
देशभरि निर्वाचनको प्रचार प्रसार भइरहेका बेला पालिकाहरूमा कांग्रेसका उम्मेदवारहरू धमाधम निर्विरोध भइरहेका छन् ।
मुगु जिल्लामा कांग्रेस, एमालेसहितका दलहरूबीच प्रतिस्पर्धा छ । एमालेको निरंकुशता र अहँकारबाट दिक्क भएका जनताले कांग्रेसलाई साथ दिने संकेत गरेका छन् ।
कम्युुनिस्टहरूलाई जनताले झण्डै दुईतिहाईको बहुमत दिएका थिए । आन्तरिक झगडा र द्वन्द्वले गर्दा दुईतिहाई बहुमत फलिफाप भएन ।
बाध्य भएर कांग्रेसले देश चलाउनु परेको छ । कम्युनिस्टहरू साढे तीन वर्षमा असफल भएर कांग्रेसलाई सत्ता सुम्पिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया