कांग्रेसको समर्थनमा मानेभञ्ज्याङको अध्यक्षमा उम्मेदवार बनेका रुम्दालीको चुनाव चिन्ह ‘धारा’
मानेभञ्ज्या । नेपाली कांग्रेसको समर्थनमा गठबन्धनका तर्फबाट ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनेका ज्ञनेन्द्र रुम्दालीले चुनाव चिन्ह ‘धारा’ प्रदान गरेको छ ।
निर्वाचन कार्यालयले शनिबार रुम्दालीलाई चुनाव चिन्ह ‘धारा’ प्रदान गरेको हो । रुम्दालीलाई कांग्रेसले अध्यक्ष पदमा उम्मेदवार बनाएको हो ।
मतदाताहरूले रुम्दालीलाई चुनाव चिन्ह ‘धारा’ तथा उपाध्याय, वडाध्यक्ष र सदस्यहरूलाई चुनाव चिन्ह ‘रुख’मा मतदान गर्नुपर्नेछ ।
कांग्रेस नेतृत्वको चुनावी गठबन्धनमार्फत रुम्दाली प्रतिस्पर्धामा उत्रिएका छन् । मानेभञ्ज्याङमा रुम्दाली लोकप्रिय मानिन्छन् ।
रुम्दालीले आफू र आफ्नो समूहलाई विजयी बनाउन अपील गरेका छन् ।
अध्यक्ष पदमा उम्मेदवारी दिएका रुम्दाली आफू नेपाली कांग्रेसको कार्यकर्ता भएको बताएका छन् । उनले भने, ‘कांग्रेस नै हुँ । प्राविधिक कारणले गर्दा गठबन्धनमार्फत प्रतिस्पर्धामा उत्रिनु परेको छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया