विप्लवले दुई ठूला नेतालाई निकाले
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले दुई जना ठूला नेताहरूलाई कारबाही गरेर निकालेको छ ।
बुधबार विज्ञप्ति जारी गरेर विप्लवले शीर्ष नेताद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पार्टीबाट निकालेका हुन् ।
ओली र बास्तोलालाई पार्टीको जिम्मेवारीबाट पदमुक्त गरेको विप्लवले जनाएका छन् ।
सचिवालय सदस्यसमेत रहेका उनीहरूले बैठकका निर्णय र नेतृत्वविरूद्ध काम गरेको आरोप छ ।
‘बैठकका निर्णय र नेतृत्वकाविरूद्ध पार्टी बाहिरका सञ्चारमाध्यमहरूमा छाडा एवं अराजक तरिकाले अन्तर्वार्ता दिने, कार्यकर्तामाझ नांगो गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गर्नुभयो’, विप्लवले आरोप लगाएका छन् ।
विप्लव नेतृत्वको नेकपामा स्थानीय चुनावमा सहभागी हुने÷नहुनेबारे विवाद थियो ।
कारबाहीसँगै विप्लवको पार्टी विभाजन भएको छ । ओली र बास्तोलाले पनि विप्लवमाथि एक्सन लिन बैठक बोलाएका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया