एमालेले कार्यकर्ता पाउनै छाड्यो, घोराहीमा बालबालिकालाई झण्डा बोकायो

घोराही । दाङको घोराही उप–महानगरपालिकामा मनोनयन दर्ता गर्ने क्रममा एमालेले बालबालिकालाई प्रयोग गरेको छ ।

घोराहीमा एमालेका तर्फबाट मेयरमा नरुलाल चौधरी र उप–मेयरमा हुमा डिसीले मनोनयन दर्ता गर्न जाने क्रममा बालबालिकालाई पार्टीको झण्डा र चुनाव चिन्ह बोकाएका हुन् ।

बालबालिकाले एमालेको झण्डा र चुनाव चिन्ह बोकेर हिँडेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

एमालेले घोराहीमा बालबालिकामाथि गरेको हर्कतको स्थानीय राजनीतिक दलका नेताहरूले विरोध गरेका छन् । उनीहरूले एमालेलाई कारबाही गर्न निर्वाचन आयोगसँग माग पनि गरेका छन् ।

निर्वाचन आचारसंहिता विपरित एमालेले घोराहीमा बालबालिकालाई प्रयोग गरेको भनेर आलोचना भएको छ ।

घोराहीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका छन् ।

Published : Monday, 2022 April 25, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया