गढवामा सर्वजित र शारदाद्वारा मनोनयन दर्ता, कांग्रेसले कम्युनिस्टको हातबाट गाउँपालिका खोस्ने

गढवा । नेपाली कांग्रेसको तर्फबाट गढवा गाउँपालिकाको अध्यक्षमा सर्वजित डिसीले मनोनयन दर्ता गराएका छन् ।

कांग्रेसका नेता कार्यकर्तासहित सोमबार निर्वाचन कार्यालयमा पुगेर डिसीले मनोनयन दर्ता गराएका हुन् ।

कांग्रेस नेतृ शारदा चौधरीले उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएकी छिन् ।

अध्यक्षका प्रत्यासी डिसीले आफूसहित गढवा गाउँपालिकाकी उपाध्यक्ष चौधरी, वडाध्यक्ष र सदस्यहरूलाई चुनाव चिन्ह रुखमा मतदान गरेर विजयी बनाउन अपील गरेका छन् ।

यसअघि, कांग्रेसभित्रको आन्तकिर कलहले गर्दा गुमेको गढवा गाउँपालिकालाई कब्जा गर्ने योजना नेताहरूको छ ।

कांग्रेसभित्रका अन्तरघातीका कारण २०७४ सालको चुनावमा एमालेले गढवा गाउँपालिका जितेको थियो ।

Published : Monday, 2022 April 25, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया