यी हुन् पाल्पामा कांग्रेसका उम्मेदवारहरू, दलबलसहित मनोनयन दर्ता
तानसेन । नेपाली कांग्रेसको नेतृत्वमा रहेको ५ दलीय गठबन्धनमा आबद्ध दलहरूले पाल्पा जिल्लामा मनोनयन दर्ता गराएका छन् ।
सोमबार निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएको पाल्पा कांग्रेसले जनाएको छ ।
पाल्पामा १० वटा स्थानीय तह छन् । कांग्रेसले ६, माओवादी केन्द्रले २ र नेकपा (एकीकृत समाजवादी) २ वटा पालिका भागबण्डा गरेका छन् ।
माथागढी गाउँपालिकामा कांग्रेसका सन्तोषकुमार थापाले अध्यक्ष र उपाध्यक्षमा विजया भट्टराईले मनोनयन दर्ता गराएका छन् ।
वडा नं १ को वडाध्यक्षमा महेन्द्र जिसी, २ मा जनक रिजेल, ३ मा दीपक थापा, ४ मा मधु पराजुली, ५ मा गणेशजङ गाहा, ६ मा युवबहादुर ठाडा, ७ मा जगबहादुर दर्लामी र ८ मा दिलबहादुर ढेगाले मनोनयन दर्ता गराएका छन् ।
रैनादेवी छहरा गाउँपालिकामा कांग्रेसको तर्फबाट अध्यक्षमा रुक्मागत भट्टराईले मनोनयन दर्ता गराएका छन् ।
वडा नं. १ को वडाध्यक्षमा सोमबहादुर दर्लामी, २ मा दानबहादुर पौडेल, ३ मा प्रदीप पौडेल, ४ मा लक्ष्मण रायमाझी, ५ मा हुमानसिंह कार्की ६ मा डोमबहादुर घर्ती, ७ मा देवेन्द्र पुन र ८ मा थमनबहादुर रानाले मनोनयन दर्ता गराएका छन् ।
रम्भा गाउँपालिकामा कांग्रेसको तर्फबाट उपाध्यक्षमा विष्णु थापाले उम्मेदवारी दर्ता गरेका छन् । वडा नं. १ को वडाध्यक्षमा ईश्वर काफ्ले, २ मा रमेश पछाई, ३ मा थम्मनबहादुर गाहा, ४ मा चेतनारायणश्रेष्ठ र ५ मा विष्णुबहादुर काम्मु थापाले मनोनयन दर्ता गरेका छन् ।
तानसेन नगरपालिकामा कांग्रेसबाट मेयरमा सन्तोषलाल श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।
रामपुर नगरपालिकामा कांग्रेसका रमणबहादुर थापाले मेयरमा मनोनयन दर्ता गराएका छन् । उप–मेयरमा बालकुमारी थापाले उम्मेदवारी दिएकी छिन् ।
रिब्दीकोट गाउँपालिकामा कांग्रेसका कान्ता अधिकारीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छिन् ।
तिनाउ गाउँपालिकामा कांग्रेसका उम्मेदवार लालबहादुर थापाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
पूर्वखोला गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी विष्णुकुमारी आचार्यले उम्मेदवारी दिएकी छिन् ।
निस्दी गाउँपालिकामा कांग्रेसका उम्मेदवार गोविन्दप्रसाद अर्यालले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
बगनासकाली गाउँपालिमा कांग्रेसका तर्फबाट सुनिता अधिकारीले उम्मेदवारी दर्ता गराएकी छिन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया