ललितपुरमा चिरिबाबुले बल्लबल्ल टिकट पाए, मनोनयन दर्ता गर्न दौडिए

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनले टिकट पाएका छन् ।

सभापति शेरबहादुर देउवाले चिरिबाबुलाई करीव पौने ३ बजेतिर टिकट दिएका हुन् । चिरिबाबुलाई टिकटका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापति देउवालाई दवाव दिएका थिए ।

ललितपुर कांग्रेसका सभापति जितेन्द्रकुमार श्रेष्ठले चिरिबाबुलाई टिकट थमाएपछि मनोनयन दर्ता गर्न गएका छन् ।

शेखर कोइरालाले पनि चिरिबाबुलाई टिकट रोक्न लागेका थिए । चिरिबाबुको टिकटका लागि अर्बपति विनोद चौधरी र उमेर श्रेष्ठ सबैभन्दा धेरै दौडधुपमा लागेका थिए ।

Published : Monday, 2022 April 25, 3:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया