त्रिपुरासुन्दरीमा एमालेबाट निर्वाचत अध्यक्ष नै कांग्रेसमा प्रवेश, बस्नेतद्वारा स्वागत
बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गाउँपालिकाका अध्यक्षसहितको टिमलाई पार्टी प्रवेश गराएका छन् ।
सिन्धुपाल्चोकमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता बस्नेतले त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठलाई कांग्रेसमा स्वागत गरेका हुन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा श्रेष्ठ एमालेबाट त्रिपुरासुन्दरी गाउँपलिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
एमालेका नेता श्रेष्ठसँग वडाध्यक्ष, वडा सदस्य र स्थानीय लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।
एमालेले व्यक्ति स्वार्थको राजनीति गरेको आरोप नवप्रवेश श्रेष्ठको छ । उनले एमालेमा इमान्दार भएर काम गर्दा समेत सधैँ झुठको खेती गरेर जनतालाई झुक्काएको बताए ।
कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले एमालेसहितका कम्युनिस्टहरूले जनताको भन्दा पनि आफ्नो मात्रै विकास गर्ने गरेको बताए । उनले कांग्रेसले मात्रै जनताको सेवा गर्ने बताए ।
एमाले परित्याग गरेर कांग्रेस प्रवेश गर्नेमा भक्त श्रेष्ठ, चरित्रकुमार श्रेष्ठ, मिथिला श्रेष्ठ, राजु श्रेष्ठ, हरि बोहरा, लीला सार्की, कुफीराम भट्टराई, सूर्य बोहरा, उर्मिला बोहरा, बलराम श्रेष्ठ, रमेश गुभाजु, प्रकाश श्रेष्ठ, कपिल श्रेष्ठ लगायतका नेता कार्यकर्ता रहेका छन् ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया