सत्ता गठबन्धनले पाँच दलभन्दा बाहिरका दलसँग तालमेल नगर्ने, एमालेलाई तनाब

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले पाँच दल बाहिरका दलहरूसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको छ ।

बालुवाटारमा आइतबार बसेको गठबन्धनको बैठकले मनोनयनभन्दा अगाडि बाँडफाँड मिलाउन अधिकतम कोशिष गर्ने निर्णय गरेको छ ।

विवाद रहेका ठाउँको कुरा मिलाउन सोमबार बिहान ८ बजे पाँच दलका नेताहरूको बैठक बस्नेछ ।

विगतका सहझदारीलाई सबै पक्षले इमान्दारिताका साथ पालना गर्ने सहमति भएको छ ।

झापासहित केही जिल्लामा कांग्रेस र एमाले तथा अन्य दलहरूबीच तालमेल भएपछि गठबन्धनले ५ दल बाहिर गएर तालमेल नगर्ने निर्णय गरेको हो ।

Published : Sunday, 2022 April 24, 9:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया