रामपुरको मेयरमा अर्यालले सोमबार मनोनयन दर्ता गर्ने, उप–मेयरमा राना

रामपुर । एमालेले पाल्पाको रामपुर नगरपालिकाको मेयरमा कानून व्यवसायी समेत रहेका युवा नेता शिव अर्याललाई टिकट दिएको छ ।

अर्याल एमाले निकटका कानून व्यवसायीहरूको संगठन ‘पेशागत तथा प्रगतिशील कानून व्यवसायी संगठनका केन्द्रीय उप–महासचिव पनि हुन् । अर्याल बौद्धिक नेता हुन् ।

उप–मेयरमा एमालेले दुर्गादेवी रानालाई टिकट दिएको छ । राना जिल्ला कमिटी सदस्य समेत हुन् ।

यसअघि, रामपुरमा नेपाली कांग्रेसले जितेको थियो । यस पटक अर्यालले कांग्रेसलाई हराउने तयारीका साथ मैदानमा उत्रिएका छन् ।

रामपुरको विकास र जनताको सेवाका लागि आफू स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धामा आएको अर्यालले बताएका छन् ।

यसैबीच, अर्यालले सोमबार मेयरमा मनोनयन दर्ता गर्ने तयारी गरेका छन् । सोमबार दुई बजे निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने उनले बताए ।

Published : Sunday, 2022 April 24, 8:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया