यी हुन् ओखलढुंगामा कांग्रेसका पालिकाका मेयर र अध्यक्षका एकसे एक होनहार उम्मेदवारहरू

ओखलढुंगा । नेपाली कांग्रेसले ओखलढुंगा जिल्लाका पालिकाहरूमा टिकट वितरण गरेको छ ।

ओखलढुंगामा एक नगरपालिका र सात गाउँपालिका रहेका छन् । कांग्रेसले सत्ता गठबन्धनसँग तालमेल गरेर चुनावमा गएको छ । कांग्रेसले माओवादीलाई चिसंखुगढी गाउँपालिका छाडिदिएको छ । यो गाउँपालिकामा माओवादीले जितेको थियो ।

कांग्रेसले सिद्धिचरण नगरपालिकासहित सात पालिकामा टिकट वितरण गरिएको केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले जानकारी दिएका छन् । ओलढुंगामा ८ वटा पालिका छन् ।

नेता खतिवडाले सबै तिक्तताहरू भुलेर पार्टीका आधिकारिक उम्मेदवारहरूलाई मतदान गरेर जिताउन अनुरोध गरेका छन् । उनले भने, ‘१४औँ महाधिवेशनका बेला हामीबीच प्रतिस्पर्धा भयो । तिक्तताहरू पनि भए होलान् । त्यो सबै कुरा भुलेर हाम्रा आधिकारिक उम्मेदवारहरूलाई जिताऔँ । त्यसपछि फेरि समीक्षा गरौँला ।’

कांग्रेसले अशोककुमार कार्कीलाई लिखु गाउँपालिकाको अध्यक्षको टिकट दिएको छ । कार्की भूमि आयोगका ओखलढुंगाका अध्यक्ष पनि हुन् ।

मोलुङ गाउँपालिकाको अध्यक्षको टिकट प्रकाश दाहालले पाएका छन् ।

मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षको टिकट ज्ञानेन्द्र रुम्दालीले पाएका छन् । मानेभञ्ज्याङ कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाको घर रहेको गाउँपालिका हो ।

कांग्रेसले भुपेन्द्र बस्नेतलाई खिजिदेम्वा गाउँपालिकाको अध्यक्षको टिकट दिएको छ ।

सुनकोशी गाउँपालिकाको अध्यक्षको टिकट कमल तामाङले पाएका छन् । तामाङ वैदेशिक रोजगार व्यवसायी हुन् ।

यसअघि कांग्रेसले नवराज केसीलाई चम्पादेवी गाउँपालिकाको अध्यक्षको टिकट दिएका छ ।

सिद्धिचरण नगरपालिकाको मेयरको टिकट तेजेन खनाल ‘तेजेन्द्र’ले पाएका छन् । खनाल ओखलढुंगा कांग्रेसका सभापति पनि हुन् ।

Published : Sunday, 2022 April 24, 11:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया