घोराहीमा कांग्रेसद्वारा १३ वटा वडा कब्जा, माओवादी र समाजवादी हेरेको हेरै

घोराही । दाङको घोराही उप–महानगरपालिकामा मेयर गुमाएको नेपाली कांग्रेसले उप–मेयरसहित १३ वटा वडाध्यक्ष कब्जा गरेको छ ।

घोराहीमा माओवादी केन्द्रले मेयरसहित ४ वटा वडा पाएको छ ।

नेकपा (एकीकृत समाजवादी)लाई २ वटा वडा दिइएको छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्य मेटमणि चौधरीले फेसबुकमा शनिबार स्टाटस लेखेर घोराहीका सबै वडामा आफ्नो पार्टीको उम्मेदवारी पर्ने धम्की दिएका छन् ।

कांग्रेसले वडा नम्बर २, ३, ५, ६, ७, ८, १०, ११, १५, १३, १६, १८ र १९ पाएको छ । माओवादी केन्द्रले ९, १२, १४ र १७ नं. वडाहरू पाएको छ । एकीकृत समाजवादीले वडा नम्बर १ र ४ पाएको छ ।

Published : Saturday, 2022 April 23, 11:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया