राप्ती समाजको अध्यक्षमा पहिलो पटक महिला सर्वसम्मत चयन
काठमडौं । राप्ती समाज काठमाडौंको अध्यक्षमा सीमा पुरी सर्वसम्मत अध्यक्ष चयन भएकी छिन् ।
शनिबार काठमाडौंमा सम्पन्न १४औँ साधारण सभा एवम् अधिवेशनबाट पुरी अध्यक्षमा चयन भएको पूर्वअध्यक्ष एवम् संगीतकार सन्तोष श्रेष्ठले जानकारी दिए । समाजको अध्यक्ष महिला पहिलो पटक भएकी हुन् ।
वरिष्ठ उपाध्यक्षमा निराजन डाँगी चयन भएका छन् । उपाध्यक्षद्वयमा गोविन्द आचार्य र गंगाजीप्रसाद वली चयन भएका छन् ।
सचिवमा एकराज भण्डारी, कोषाध्यक्षमा माधवी रेग्मी, सह–कोषाध्यक्षमा नमलाल आचार्य चयन भएका छन् ।
सदस्यहरूमा आरसी गौतम, खुमा पाण्डे ‘सोनी’, सोमराज डाँगी, अनिता शाही र सुस्मित खड्का चयन भएका छन् ।
बाँकी सदस्य विधान बमोजिम अध्यक्ष पुरीले मनोनयन गर्नेछिन् ।
पूर्वमन्त्री निलाम्बर आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष सन्तोष श्रेष्ठ, पूर्वअध्यक्ष गोपाल बस्नेत, पूर्वअध्यक्ष शशि शर्मा, गायक चन्द्र शर्मा, प्रवीन रेग्मीलगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया