प्रहरीका ९ जना डीआईजीहरूको सरुवा तथा पदस्थापना, को कहाँ पुगे ?
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरुवा तथा पदस्थापन गरेको छ ।
लुम्बिनी, सुदूपश्चिम, मधेश र बागमती प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् ।
बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआईजी पूजा सिंहलाई दिएको छ ।
लुम्बिनीमा नलप्रसाद उपाध्याय, सुदूपश्चिममा मोहनकुमार आचार्य र मधेश प्रदेशमा मसाउद आलम खाँलाई पठाइएको छ ।
राजेन्द्रप्रसाद चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ ।
प्रदेश नं. २ का उमेश रञ्जितकार, बागमतीका प्रकाशजंग कार्की र लुम्बिनीका मुकुन्द आचार्यलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।
सुदूपश्चिममा नेतृत्व गरिरहेका डीआईजी पुरुषोत्तम कँडेललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा ल्याइएको छ ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया