थोरै जनसंख्या रहेको मनाङमा कांग्रेस र माओवादीबीच यसरी बन्यो टिकटमा सहमति

काठमाडौं । पाँच दलीय गठबन्धनको निर्णयलाई कार्यान्वयन गर्दै मनाङ जिल्लामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनेको छ ।

केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङका अनुसार मनाङका चार वटा पालिकामा कांग्रेसले अध्यक्ष राख्नेछ ।

माओवादी केन्द्रलाई उपाध्यक्ष दिने सहमति बनेको गुरुङले जानकारी दिए ।

२८ वटा वडामा २ देखि ३ वटासम्म वडा माओवादी केन्द्रलाई दिने सहमति बनेको छ ।

मनाङमा कांग्रेस र माओवादीबीच स्थानीय तहमा बनेको गठबन्धनअनुसार माओवादीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसलाई सहयोग गर्नेछ ।

केन्द्रीय सदस्य गुरुङ मनाङमा कांग्रेसका उम्मेदवारहरूलाई टिकट वितरण र मनोनयन दर्तामा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।

थोरै जनसंख्या रहेको मनाङमा कांग्रेस र माओवादी केन्द्र मिलेर एमालेसँग प्रतिस्पर्धा गर्नेछन् ।

Published : Friday, 2022 April 22, 10:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया