बाह्रबिसेमा एमाले–माओवादीमा पहिरो गयो, लामासहितको समूह कांग्रेसमा प्रवेश
बाह्रबिसे । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ९ मा एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले पार्टीमा स्वागत गरेका हुन् ।
स्थानीय नेता सानु लामाको नेतृत्वमा एक सयभन्दा धेरै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूले कम्युनिस्ट भनेका झुठ बोलेर जनता झुक्काउने पार्टी भएको भन्दै एमाले र माओवादीलाई छाडेर आफूहरू कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।




Published : Thursday, 2022 April 21, 10:22 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया