बागचौर नगरपालिकामा मल्ल र केसीको नाम सर्वसम्मत, जितको झण्डा गाड्ने घोषणा

बागचौर । एमालेको सल्यान जिल्ला कमिटीले बागचौर नगरपालिकाको मेयरमा तिलक मल्ल ‘क्षितिज’को नाम सिफारिस गरेको छ ।

उप–प्रमुखमा भक्तिकुमारी बिएम केसीको नाम सर्वसम्मत टुङ्गो लगाएको छ ।

बागचौर नगर कमिटीले मेयरमा मल्ल र उप–मेयरमा केसीको सर्वसम्मत जिल्ला कमिटीमा सिफारिस गरेको सचिवालय सदस्य दीपेन्द्रप्रकाश डाँगीले जानकारी दिएका छन् ।

नेता मल्ल २०४७ सालदेखि अनेरास्ववियुमा संगठित हुँदै तत्कालीन माओवादी जनयुद्धको मोर्चाहरू संलग्न रहेका थिए ।

प्यूठान, पाल्पा, भक्तपुरको सेक्रेटरी हुँदै तत्कालीन नेकपाको कर्णाली प्रदेश कमिटी सदस्य थिए । नेता मल्ल हाल एमालेको कर्णाली प्रदेश कमिटीको सदस्य छन् ।

उप–मेयरको सिफारिसमा परेकी केसी अखिल नेपाल महिला संघ बागचौर नगर कमिटीको सचिव हुन् ।

एमालेको बागचौर नगर कमिटी सदस्य रहेकी केसी एमाले सल्यानका संस्थापक सदस्य स्व.खकेन्द्र बिएमकी छोरी हुन् ।

नेता मल्लले आफू र केसीलाई मेयर र उप–मेयरमा सर्वसम्मत सिफारिस गर्ने बागचौर नगर कमिटीलाई धन्यावाद दिएका छन् ।

मल्लले बागचौर नगरपालिकामा एमालेले विजयको झण्डा गाड्ने बताएका छन् ।

Published : Thursday, 2022 April 21, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया