शुक्रबारबाट एसईईको परीक्षा शुरू हुँदै, मनाङमा सबैभन्दा थोरै विद्यार्थी
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबार बिहानदेखि शुरू हुँदैछ ।
राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न लागेको छ । परीक्षा वैशाख २० गते सकिनेछ ।
एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजारले परीक्षा दिन लागेका छन् ।
सबैभन्दा कम परीक्षार्थी मनाङमा छन् । मनाङबाट २९ जना विद्यार्थी एसईईको परीक्षामा सहभागी हुन लागेका छन् ।
बोर्डले दुई हजार सात परीक्षा केन्द्र र एक उप–केन्द्रबाट परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । बोर्डले नवलपुर जिल्लामा एक उपकेन्द्र तोकेको छ ।
२०७८ को एसईईमा कुल ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन् ।
नियमिततर्फ ४ लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुनेछन् ।
सामान्यतर्फ ११ हजार ६१५ विद्यालय र प्राविधिकतर्फ २९९ विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुनेछन् ।
यस वर्ष ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा केन्द्रले जनाएको छ ।
जापानमा सञ्चालित विद्यालयमा पनि शुक्रबार नै एसईई सुरु हुँदैछ ।
जापानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरनेशनलमा पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन लागेको हो । जापानबाट १९ जना विद्यार्थी सहभागी हुनेछन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया