कांग्रेसबाट पोखरामा सिफारिस यी हुन् १० उप–मेयरका नाम, केन्द्रको निर्णय स्वीकार
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरा महानगरपालिकाको उप–मेयरमा १० जनाको नाम सिफारिस गरेको छ ।
प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा बिहीबार बसेको पदाधिकारीको बैठकले १० जना आकांक्षीको नाम सिफारिस गरेको हो ।
सिफारिस हुनेमा माया बराल कार्की, लक्ष्मी पाण्डे क्षेत्री, आनन्दी राणा कार्की, रंगिला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसी रहेका छन् ।
ती नामहरू नेपाली कांग्रेस पोखरा महानगर समितिले पठाएको थियो ।
गण्डकी कांग्रेसले १० जनाको नाम जस्ताकोतस्तै केन्द्रमा पठाएको पार्टीका प्रचार विभाग प्रमुख रमेश पौडेलले जानकारी दिएका छन् ।
महानगरले नेपाली कांग्रेसको तर्फबाट मेयरका लागि १८ जनाको नाम सिफारिस गरेको थियो ।
गठबन्धन दलभित्रको एकीकृत समाजवादीलाई मेयर पद परेपछि उप–मेयरका लागि भने कांग्रेसभित्र रस्साकसी शुरु भएको छ ।
गण्डकी कांग्रेसले पोखरामा उप–मेयर स्वीकार गरेर गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया