कांग्रेसले शुक्रबारदेखि टिकट बाँड्ने, बैठक डाक्यो, आकांक्षीहरूको धड्कन बढ्यो
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि महानगर र उप–महानगरपालिकाको टिकट दिने विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
शुक्रबार दिउँसो २ बजे पार्टी मुख्यालय ललितपुरमा बस्ने बैठकमा मेयर र उप–मेयरको टिकट कसलाई दिनेभन्ने विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
‘बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ’, मुख्यसचिव पौडेलद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले महानगर र उप–महानगरमा जित्ने गरेर लोकप्रिय नेताहरूलाई टिकट दिनेछ ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले यस पटक कुनै लोभ नगरेर जित्ने उम्मेदवारहरूलाई टिकट दिने योजना बनाएका छन् ।
नगर कार्यसमितिहरूले जिल्ला र प्रदेश कार्यसमिति हुँदै केन्द्रीय कार्यालयमा मेयर र उप–मेयरका आकांक्षीहरूको नाम पठाइसकेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया