बढ्ता हुन थाल्यो चीन, बुढीगण्डकीबारे राजदूतले दिइन् विवादित अभिव्यक्ति
काठमाडौं । चीनले नेपालको आन्तरिक विषयमा पछिल्लो समय धेरै चियो र चर्चो गरेर हस्तक्षेप गर्न थालेको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेर अभिव्यक्ति दिएकी हुन् ।
उनले बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई नदिने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएकी छिन् ।
यान्छीले सरकार बदलिएसँगै नीति परिवर्तन हुने कुराले चिनियाँ लगानीकर्तालाई समस्या परेको बताएकी छिन् । यान्छीले यस्ता ठूला आयोजना बनाउन नीतिगत निरन्तरता हुनुपर्ने बताएकी छिन् ।
उनले चिनियाँ कम्पनीहरूले नेपालमा आयोजना बनाउँदा समयमा भुक्तानी नपाएको भन्दै असन्तुष्टि जनाएकी छिन् ।
झण्डै दुईतिहाईको तत्कालीन कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले चिनियाँ कम्पनी गेजुवालाई बुढीगण्डकी आयोजना बनाउन दिने निर्णय गरेका थिए ।
चिनियाँ कम्पनीले काम नगरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोजना खोसेको थियो ।
प्रधानमन्त्री देउवाले १२ सय मेगावाटको बुढीगण्डकी आयोजना आफैं बनाउने निर्णय गरेका छन् ।
नेपालको आयोजना आफै नेपाल आफैले बनाउँछु भनेपछि चीनलाई के को टाउको दुखाई भयो ?
राजदूत यान्छीले तत्काल केरुङदेखि काठमाडौंसम्म रेलमार्ग बनाउन सम्भव नभएको बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘मलाई केही विज्ञहरूले सबै कुरा एकदम सहज तरिकाले भए सीमापार रेलवेको विस्तृत सम्भाव्यता सक्न ५–६ वर्ष लाग्छ भनेका छन् ।’
राजदूत यान्छीले नेपाल र चीनबीच बिजुली प्रसारण लाइन बनाउने विषयमा छलफल भइरहेको बताएकी छिन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया