पाँच दलीय गठबन्धनको अर्को शक्तिशाली निर्णय, एमालेभित्र खैलाबैला

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा प्रचार–प्रसारका लागि सात स्थानमा संयुक्त चुनावी सभा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

वैशाख ३० गतेको स्थानीय चुनावको प्रचार र गठबन्धनका उम्मेदवारलाई मत माग्न धनगढी, सुर्खेत, बुटवल, पोखरा, विराटनगर, जनकपुर र काठमाडौंमा चुनावी सभा गरिने बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

धनगढीमा वैशाख १८ गते ११ बजे, सर्खेतमा वैशाख १८ गते २ बजे, बुटवलमा वैशाख १९ गते बिहान ११ बजे, पोखरामा वैशाख १९ गते दिउँसो २ बजे, विराटनगरमा वैशाख २० गते बिहान ११ बजे, जनकपुरमा वैशाख २० गते दिउँसो २ बजे र काठमाडौंमा वैशाख २२ गते दिउँसो १ बजे चुनावी सभा हुनेछ ।

चुनावी सभालाई ५ दलका शीर्ष नेता र गठबन्धनका संयोजक गरी ६ जनाले सम्बोधन गर्नेछन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयार र अनुगमन गर्ने संयन्त्रको बिहीबार बसेको बैठकले कार्यक्रम सार्वजनिक गरेको छ ।

गठबन्धनको यो तयारीले अहँकारी एमालेलाई तनाब भएको छ । एमालेलाई गठबन्धनले धुलो चटाउने गरेर रणनीति तयार पारेका छन् ।

Published : Thursday, 2022 April 21, 2:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया