देउवाले त्यो बेला नै भनेको कुरा मानेको भए यस्तो हुने थिएन, गल्ती कसको ?
काठमाडौं । नेपाली कांग्रेसले ५ दलीय गठबन्धनलाई मिलाएर लैजाने क्रममा केही महानगर र उप–महानगर गुमाएको छ ।
झण्डै दुईतिहाईको कम्युनिस्ट अहँकारलाई ठेगान लगाउन गठबन्धन आवश्यक पनि थियो । सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको अहँकारलाई ठेगान लगाउन ५ दलमार्फत गरेको प्रयास उचित छ ।
तर, गठबन्धन गर्ने बेला कांग्रेसलाई नोक्सानी हुन्छ भन्ने कुरा पनि ध्यान दिनुपर्ने थियो । मधेश प्रदेशमा कांग्रेसले आफ्नो पकडलाई छाड्नु हुँदैन थियो ।
वीरगञ्ज र पोखरा महानगरपालिका छाडेर कांग्रेसले ठूलो नोक्सान गरेको छ । ती महानगरहरू कांग्रेसका लागि सबैभन्दा महत्वपूर्ण थियो । वीरगञ्ज र पोखरामा कांग्रेसले ‘भैँसी’लाई उम्मेदवार बनाएपनि जित्ने सम्भावना छ ।
एमालेका कारण जनता आजित बनेका छन् । मतदाताले कांग्रेसलाई खोजेका छन् ।
दाङ जिल्ला कांग्रेसको उर्बर भूमि हो । यस पटक दाङमा सबै पालिका कांग्रेसले कब्जा गर्ने अवस्था रहेको छ । घोराही उप–महानगर माओवादीलाई दिएर कांग्रेसका सभापति देउवाले ठूलो घात गरेका छन् ।
कांग्रेसका मतदाताले माओवादीलाई भोट दिए पनि जित्ने सम्भावना निकै कम छ । घोराहीमा एमालेलाई काउन्टर दिने भनेको कांग्रेस थियो ।
माओवादी नेता कृष्णबहादुर महराको ‘रोशनी काण्ड’ले माओवादी दाङमा लाजले टाउको उठाउने अवस्थामा छैन ।
यसको फाइदा घोराहीमा एमालेका नरुलाल चौधरीले उठाउन सक्ने सम्भावना छ । हुन त चौधरीलाई पनि जित्न त्यति सजिलो छैन । एमालेबाट मेयरमा जितेका चौधरीले वाहा भन्ने काम गरेका छैनन् । कांग्रेसको एउटा अन्तरघाती समूहले साथ दिएकै कारण एमालेका चौधरीले मेयरमा जितेका थिए । फेरि पनि चौधरीले त्यही अन्तरघाती समूहका कारण जित्ने सपना देखेको हुन सक्छन् ।
कांग्रेसले प्रधानमन्त्री पद खोजेर गएको होइन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले देउवालाई प्रधानमन्त्री बनिदिनुपर्यो भनेर दवाव दिएका हुन् ।
देउवाले उनीहरूलाई अहिले आएर साथ छोडिदिएको भए पनि हुने थियो । एमालेका अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको अहँकारलाई तोड्नका लागि पनि देउवाले ५ दलीय गठबन्धनलाई साथ दिनु थियो ।
ओलीले संसद दुई पटक विघटन गरेका बेला देउवाले मध्यावधी चुनावमा जानका लागि तयार रहन आग्रह गरेका थिए ।
देउवाको त्यो तयारीलाई आशंका गरेर रामचन्द्र पौडेल, शेखर कोइराला, गगन थापाहरूले असहयोग गरे । उनीहरूले देउवालाई चुनावमा जाने होइन संसद पुनःस्थापना गर्न दवाव दिए । त्यस बेला मध्यावधी चुनावमा जाने कुरा गर्दा रामचन्द्र पौडेलले देउवालाई मञ्चमै सबैका अगाडि कुटौला जस्तो गरेर तीन–चार पटकसम्म झम्टिएका थिए ।
देउवाले सरकारभन्दा पनि मध्यावधी निर्वाचनमा गएर कांग्रेसलाई बहुमत ल्याउन खोजेका थिए । देउवाको त्यो सदासयतालाई रामचन्द्र, शेखर र गगनहरूले बुझेनन् । अहिले आएर ५ दलीय गठबन्धनको पनि विरोध गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया