वीरगञ्जलाई लिएर पर्सा कांग्रेसद्वारा विरोध, नेताहरूद्वारा अचानक देउवासँग भेट, नसच्चिए बबाल गर्ने
काठमाडौं । नेपाली कांग्रेस पर्साका नेताहरूले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग वीरगञ्ज
महानगरपालिकाको मेयर जनता समाजवादी पार्टी (जसपा)लाई दिने ५ दलीय गठबन्धनको निर्णय पुनःविचार गर्न आग्रह गरेका छन् ।
पर्सा कांग्रेसका नेताहरूले बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग भेटेर जसपालाई मेयर दिने सहमतिबारे पुनःविचार गरिदिन आग्रह गरेका हुन् ।
भागबण्डाबारे भएको सहमतिमा वीरगञ्ज महानगरको मेयर जसपा र उप–मेयर कांग्रेसलाई दिने सहमति भएको छ ।
यो सहमतिप्रति पर्सा कांग्रेसका नेताहरू असन्तुष्ट छन् । जसपालाई मेयर दिने निर्णय हुनेवित्तिकै बुधबार अपरान्ह वीरगञ्जबाट काठमाडौं आएर देउवालाई भेटेर जसपालाई मेयर दिने निर्णयमा पुनःविचार गरिदिन आग्रह गरेको केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिएका छन् ।
जवाफमा सभापति देउवाले वीरगञ्जबारे गठबन्धनका शीर्ष नेताहरूसंग फेरि एक पटक छलफल गर्ने आश्वासन दिएको नेता रिजालले जानकारी दिएका छन् ।
बिहीबारसम्म सभापति देउवाबाट आउने निर्णय कुर्ने र त्यसपछि जिल्लाका नेताहरूको बैठक बसेर वीरगञ्ज महानगरका बारेमा निर्णय गरिने रिजालले बताएका छन् ।
देउवासंग भएको भेटमा कांग्रेस केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजय चौरसीया, पूर्वकेन्द्रीय सदस्य सुरेन्द्र चौधरी, जिल्ला सभापति जनार्दनसिंह क्षेत्री, पूर्वसांसद अनिल रुंगटालगायतका नेताहरू सहभागी थिए ।
पर्सा कांग्रेसका नेताहरूले वीरगञ्ज महानगरमा गठबन्धन नगरी कांग्रेस एक्लैले चुनाव जित्न सक्ने अवस्था रहेको सभापति देउवालाई प्रमाणसहित जानकारी गराएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया