हेटौँडा कांग्रेसको पावरफुल निर्णयले बालुवाटारमा खैलाबैला, सभापति इटेनीको देशभरि प्रशंसा
हेटौँडा । नेपाली कांग्रेस हेटौँडा उप–महानगर नगर कार्यसमितिले हेटौंडा उप–महानगरपालिकाको मेयर नेकपा (एकीकृत समाजवादी)लाई दिने निर्णय नमान्ने जनाएको छ ।
कांग्रेसको हेटौंडा उप–महानगर समितिले बुधबार पत्रकार सम्मेलन गरेर हेटौंडाको मेयर कांग्रेसले पाउनुपर्ने माग गरेको हो । ५ दलीय गठबन्धनले भागबण्डाका नाममा हेटौँडाको मेयरमा एकीकृत समाजवादीलाई नमान्ने कांग्रेसले जनाएको छ ।
हेटौँडा कांग्रेसले एकीकृत समाजवादीलाई मेयर दिने निर्णय सच्याउन माग गरेको छ ।
कांग्रेसले केन्द्रीय नेतृत्व र गठबन्धनलाई ध्यानाकर्षण भएको र ५ दलीय गठबन्धन नेतृत्व बैठकले गरेको सहमतिप्रति असहमति जनाउँदै निर्णय सच्याउन माग गरेको छ ।
कांग्रेसको हेटौँडा उप–महानगरका सभापति उत्सव इटेनीले हेटौंडाको मेयर कांग्रेसले नपाए कांग्रेस हेटौंडा उप–महानगर समितिले मंगलबार हेटौंडा उपमहानगरका १९ वटै वडा सभापतिको उपस्थितिमा बैठक गरेर मित्रवत् प्रतिस्पर्धामा जाने निर्णय समेत गरेको बताए ।
उनले पालिकास्तरमै गठबन्धन दलबीच छलफल चलिरहँदा केन्द्रीय समितिले स्थानीय मर्म र भावनालाई वेवास्ता गर्दै केन्द्रमा सहमति गरेर टिकट कांग्रेसलाई नदिने निर्णय नमान्ने बताए ।
सभापति इटेनीले निर्णय सच्चिनेमा आफू आशावादी रहेको समेत बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया