दाङ कांग्रेसले ‘जिगरवाला’ खुमबहादुर सम्झियो, घोराही गुम्दा निरिह बने हुतिहारा नेताहरू
काठमाडौं । ‘शेर दिल’ ‘जिगरवाला’ खुमबहादुर खड्काको निधनपछि नेपाली कांग्रेस दाङ नेतृत्व विहीन जस्तै बनेको छ ।
खड्काले दाङलाई जसरी संरक्षण गरेर राखेका थिए त्यसरी संरक्षण गर्ने नेता निस्कन सकेनन् । कांग्रेसर्लाइ संकट पर्दा कम्युनिस्टर्लाइ भुट्न आफै बन्दुक बोक्ने हिम्मत राख्ने खुमबहादुर जस्तो नेता दाङले अहिलेसम्म जन्माउन सकेन । सायद सक्ने पनि छैन । दाङलाई संकट पर्दा बोल्न सक्ने कुनै पनि नेता देखिएनन् । सबै हुतिहारा बने ।
स्थानीय तहको निर्वाचनमा कथित गठबन्धनको नाममा कांग्रेसले आफ्नो पकड क्षेत्र मानिएको घोराही उप–महानगरपालिका माओवादीलाई दिएर ठूलो नोक्सानी गर्न लागेको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा पुच्छारमा रहेको माओवादीलाई घोराहीमा कांग्रेसको संगठन भत्काउन ठूलो मद्धत मिलेको छ ।
खुमबहादुर जीवित रहेको भए दाङमा कम्युनिस्टले आँखा उठाउन सक्ने थिएनन् । गठबन्धनको नाममा कांग्रेसले घोराहीलाई चुकाउनुपर्ने थिएन । खुमबहादुर जस्तो शेर दिल भएको नेताको अभाव अहिले आएर देखिएको छ ।
केन्द्रीय सदस्य दीपक गिरी, योगेन्द्र चौधरी, गेहेन्द्र गिरी, कृष्णकिशोर घिमिरे, शिला गौतम खड्का, लुम्बिनी प्रदेशका उप–सभापति राजु खनाल, लुम्बिनी प्रदेशका मन्त्री डिल्ली चौधरी, राष्ट्रिय सभाकी प्रमुख सचेतक अनिता देवकोटा जस्ता नेताहरू रहे पनि घोराही माओवादीले लैजादा समेत ‘चु’ गरेर बोल्न सकेका छैनन् । बोलेका छैनन् ।
विरोध गर्दा राजनीति नै धरापमा पर्ने हो कि भनेर डराएका छन् । सभापति शंकर डाँगीले अहिलेसम्म कुनै वक्तव्य दिएका छैनन् । केन्द्रका आदेश कुरेर बसेका छन् ।
शंकर डाँगी त्यही खुमबहादुरका कार्यकर्ता हुन् । खुमबहादुरको छत्रछाँयामा राजनीति गरेर आएकै कारण अहिले सभापति बनेका छन् । त्यो खुमबहादुरको चेलो शंकरले किन बोलेका छैनन् । बुझ्न सकिएको छैन ।
कांग्रेसले घोराही गुमाउनु भनेको ठूलो क्षति हो । केही नेताहरूलाई सिध्याउनका लागि केन्द्रीय सदस्यहरू नबोलेका होलान् । भोलिका दिनमा घोराहीको असर अरु ठाउँमा पनि पर्ने पक्का छ ।
कांग्रेसलाई सक्नका लागि माओवादी र एमाले पहिलादेखि नै लागेका हुन् । अहिले आएर उनीहरू सफल हुने दिशातर्फ गएका छन् ।
खुम्बहादुर जस्तो बन्छु वा म खुमबहादुरले जस्तै नेता कार्यकर्ता संरक्षण गरेको छु या गर्छु भनेर गफ लगाउँदैमा केही हुँदैन । संकटका बेला निर्णय गर्ने र बोल्न सक्ने हुनुपर्छ । त्यो खुबी र गुण दाङ कांग्रेसका नेताहरूभित्र देखिएन । खुमबहादुरको निधनपछि दीपक गिरीसँग नेता कार्यकर्ताले आशा राखेका थिए । तर, दीपक गिरीले पनि मौकामा चौका हान्न नसकेको भनेर चर्चा भएका छन् । यो पाठले गर्दा अब दाङ कांग्रेसले १५औँ महाधिवेशनसम्म बोल्ड नेता बनाउनुपर्ने बाध्यता आएको छ । हुतिहारा नेताहरूबाट केही हुनेवाला छैन ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया