सर्वोच्चको आदेश मन्त्रालयले कार्यान्वयन गरेन, घोर अन्यायमा महानिर्देशक क्षेत्री, हाजिर हुन पाएनन्
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीलाई अदालतको आदेश उल्लंघन गरेर काम गर्न दिइएको छैन ।
प्राधिकरणका महानिर्देशक क्षेत्री चार महिनादेखि हाजिर हुन पाएका छैनन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले क्षेत्रीलाई कार्यकाल सकिनुभन्दा अगाडि नै महानिर्देशक पदबाट हटाएका थिए । ऐन र कानून विपरित आलेले क्षेत्रीलाई हटाएर विवादित र जुनियर व्यक्ति प्रदीप अधिकारीलाई महानिर्देशकमा नियुक्त गरेका थिए ।
मन्त्री आलेले हटाएपछि अन्याय भएको भन्दै क्षेत्री सर्वोच्च अदालत पुगेका थिए ।
सर्वोच्च अदालतले क्षेत्रीलाई काम गर्नबाट अबरोध नगर्नु, काम गर्न दिनु भनेर आदेश समेत दिएको थियो ।
अदालतको आदेशपछि महानिर्देशक पदको कार्यभार सम्हाल्न पुगेका क्षेत्रीलाई मन्त्री आले, सचिव महेश्वर न्यौपाने र महानिर्देशक अधिकारीसहितका व्यक्तिले अबरोध पुर्याए ।
अबरोध भएपछि महानिर्देशक क्षेत्री झै–झगडा र जबरजस्ती नगरेर फर्किएका थिए । त्यसपछि उनलाई मन्त्रालयले सोधीखोजी गरेको छैन ।
ऐन र कानूनलाई सधैँ सर्वोपरी मान्ने महानिर्देशक क्षेत्रीलाई काम गर्नबाट रोकेर न्यायालयको मानहानी समेत भएको छ । क्षेत्रीले मानहानी मुद्धा समेत दिएका छन् ।
यस विषयमा महानिर्देशक क्षेत्रीले आफू अन्यायमा परेको र अदालतको आदेश पनि कार्यान्वयन नभएको संक्षित प्रतिक्रिया दिए । उनले भने, ‘म ऐन, नियम, कानून र संविधानको पालना गर्ने नागरिक हुँ’, उनले भने, ‘झै–झगडा गरेर, मान्छे लगेर घेराउ गर्ने मेरो बानी छैन ।’
महानिर्देशक क्षेत्रीले आफूलाई अदालतले न्याय दिने र मन्त्रालयबाट पनि न्याय पाउनेमा आशावादी रहेको बताएका छन् ।
पर्यटन मन्त्रालयका सह–सचिव एवम् प्रवक्ता डा.टोकराज पाण्डेसँग महानिर्देशक क्षेत्रीलाई काम गर्न नदिएको विषयमा प्रतिक्रिया लिन फोन गर्दा फोन उठेन ।
अर्थमन्त्री जनार्दन शर्माले गभर्नरबाट हटाइएका महाप्रसाद अधिकारीलाई सर्वोच्च अदालतले अन्तरकालीन आदेशमार्फत फर्काएपछि अधिकारीले बुधबार जिम्मेवारी समेत सम्हालेका छन् ।
बोल्नेको पिठो बिक्ने नबोल्नेको चालम पनि नबिक्ने जस्तो कार्य पर्यटन मन्त्रालयमा भएको छ ।
साँढे, गुण्डा र कानून विपरितका कार्य गर्ने गिरोहको कब्जामा पर्यटन मन्त्रालय पुगेको भन्दै कर्मचारीहरू चिन्तित बनेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया