कांग्रेसबाट बुटवलको मेयरमा पाण्डे सर्वसम्मत, कम्युनिस्टलाई धुलो चटाइछाड्ने

बुटवल । नेपाली कांग्रेसले बुटवल उप–महानगरपालिकाको मेयरमा खेलराज पाण्डेलाई उम्मेदवार बनाउने भएको छ ।

कांग्रेसको बुटवल उप–महानगर कार्यसमितिको बैठकले पाण्डेको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।

मेयर पदमा कांग्रेसबाट पाण्डेको उम्मेदवारी निश्चित भएको छ ।

हरि लम्साल, महेशमान सिंहलगायतले पनि मेयरमा आकांक्षी राखेका थिए ।

मेयरमा सिफारिस भएका पाण्डे पार्टीका नगर सभापति पनि हुन् ।

उनी अघिल्लो स्थानीय चुनावमा एमालेका शिवराज सुवेदीसँग करीव २४ सय मतअन्तरले पराजित भएका थिए ।

उप–मेयरमा रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रीता केसी, रीता सेन वली, गंगा पन्थी, सविता शाक्य र राधा ज्ञवालीको नाम सिफारिस भएको छ ।

बुटवल उप–महानगरपालिकामा नेकपा (एकीकृत समाजवादी)ले पनि दावी गर्दै आएको छ ।

Published : Tuesday, 2022 April 19, 2:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया