रोशनी काण्डमा सभामुख फुत्काएका महराले घोराही ताके, दाङबाट लड्ने संकेत दिए

काठमाडौं । माओवादी केन्द्रले चार वटा उप–महानगरपालिकामा दाबी छाडेको छैन ।

माओवादीका नेताहरूले पनि बाराको जितपुर–सिमरा, दाङको घोराही, सुनसरीको धरान र मकवानपुरको हेटौंडा उप–महानगरको प्रमुख आफूले पाउनुपर्ने माग गरेको छ ।

माओवादीले दाबी गरेका उप–महानगरमा माओवादी सबैभन्दा पुच्छारको पोजिशनमा छ ।

धरानमा नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले जितेको उप–महानगर पनि माओवादीले दाबी गरेको छ ।

घोराही उप–महानगरमा कांग्रेसले जित्ने पक्का छ । घोराहीमा माओवादी लज्जास्पद मत ल्याएर पराजित भएको थियो ।

घोराहीमा माओवादीका नेता कृष्णबहादुर महराले आफू निकटका नेता हेमराज शर्मालाई टिकट दिएर मेयर बनाउन खोजेका छन् ।

रोशनी शाही प्रकरणमा सभामुख पद फुत्किएपछि विवादमा परेका महरा प्रतिनिधि सभाको निर्वाचनमा फेरि पनि दाङ क्षेत्र नं. २ बाट उम्मेदवार बन्ने संकेत गरेका छन् ।

महराले क्षेत्र नं. २ भित्र घोराही उप–महानगर पर्छ । महरा २०७४ सालको निर्वाचनमा एमालेसँग गठबन्धन गरेर जितेका थिए ।

रोशनी शाही काण्डपछि कमजोर बनेका महरा गठबन्धनको नाममा अब कांग्रेसको काँधमा चढेर जित्ने प्रयासमा छन् ।

प्रतिनिनिधि सभाको निर्वाचनलाई लक्षित गरेर माओवादी नेता महराले घोराहीमा आफू निकटका नेतालाई शर्मालाई मेयरमा जिताएर आफ्नो राजनीति सुरक्षित बनाउन खोजेका छन् ।

अघिल्लो पटक कांग्रेसले गुमाएको दाङलाई यस पटक ठूलो मेहनत गरेर सपारेको छ । अब कांग्रेसले जित्ने पक्का छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार वटा उप–महानगर र एउटा महानगर माग गरिएको बताएका छन् ।

माओवादीले भरतपुर महानगर पाइसकेको छ । भरतपुरमा प्रचण्डले आफ्नी छोरी रेणु दाहाललाई उम्मेदवार बनाउँदैछन् ।

Published : Tuesday, 2022 April 19, 1:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया