कम्युनिस्टको चुरीफुरी समाप्त पार्न कांग्रेसद्वारा सात कमाण्डर चयन, रणनीति बनाएर काम फत्ते गर्ने

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेदवारहरूलाई जिताउन रणनीति बनाउने उदेश्यले प्रदेश डेस्क स्थापना गरेको छ ।

उप–सभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले प्रदेश डेस्क स्थापना गरेर सह–महामन्त्रीहरूलाई खटाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन कांग्रेसको केन्द्रीय कार्यालय ललितपुरमा ‘प्रदेश डेस्क’ स्थापना गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सातवटा प्रदेश डेक्ससंग केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले समन्वय गर्नेछन् ।

प्रदेश नं. १ मा सह–महामन्त्री जीवन परियार, मधेश प्रदेशमा सह–महामन्त्री भीष्मराज आङ्दम्वे, बागमती प्रदेशमा सह–महामन्त्री फरमूल्लाह मंसुर, गण्डकी प्रदेशमा सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, लुम्विनी प्रदेशमा सह–महामन्त्री महेन्द्र यादव, कर्णाली प्रदेशमा सह–महामन्त्री बद्री पाण्डे र सुदूरपश्चिम प्रदेशमा सह–महामन्त्री किशोरसिंह राठौरलाई संयोजक ताकिएको छ ।

Published : Monday, 2022 April 18, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया