यसरी प्रस्ताव गरियो महानगर र उप–महानगरमा ५ दलबीच मेयर र उप–मेयर, कांग्रेसलाई फाइदा

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमो रहेको ५ दलीय गठबन्धनले महानगर र उप–महानगरमा तालमेलका लागि प्रारम्भीक प्रस्ताव तयार पारेका छन् ।

५ दलीय गठबन्धनले तयार पारेको प्रस्तावलाई शीर्ष नेताहरूको बैठकमा छलफल गरेर टुंगो लगाइनेछ । शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसेको छ ।

काठमाडौं महानगरमा कांग्रेसलाई मेयर र उप–मेयर समाजवादीलाई प्रस्ताव गरिएको छ । ललितपुर महानगरपालिकामा कांग्रेसलाई मेयर र उप–मेयर दुबै प्रस्तावित छ ।

विराटनगरमा कांग्रेसलाई मेयर र उप–मेयर जसपालाई प्रस्ताव गरिएको छ । भरतपुर महानगरमा मेयर माओवादीलाई र उप–मेयरसहित सबै वडा कांग्रेसलाई प्रस्तावित छ ।

पोखरामा मेयर एकीकृत समाजवालीलाई र उप–मेयर कांग्रेसलाई माग गरिएको छ ।

वीरगञ्जमा जसपालाई मेयर र कांग्रेसलाई उप–मेयर प्रस्ताव गरिएको छ ।

धरानमा कांग्रेसलाई मेयर प्रस्ताव गरिएको छ । उप–मेयरमा समाजवादी र माओवादीबीच सहमति गर्ने प्रस्ताव छ ।

इटहरीमा समाजवादीलाई मेयर र कांग्रेसलाई उप–मेयर प्रस्ताव गरिएको छ । जनकपुरमा कांग्रेसलाई मेयर र जसपालाई उप–मेयर प्रस्ताव गरिएको छ ।

जितपुर सिमरामा मेयर माओवादी र कांग्रेसलाई उप–मेयर प्रस्ताव गरिएको छ ।

कलैयामा मेयर जसपा र उप–मेयर कांग्रेस तथा हेटौँडामा मेयर समाजवादी र उप–मेयरमा कांग्रेसलाई प्रस्ताव गरिएको छ ।

बुटवलमा मेयर कांग्रेस र उप–मेयर समाजवादीलाई तथा घोराहीमा मेयर कांग्रेस र उप–मेयर जनमोर्चा वा माओवादीलाई प्रस्ताव गरिएको छ ।

तुलसीपुरमा मेयर कांग्रेसलाई र उप–मेयर माओवादीलाई तथा धनगढीमा मेयर कांग्रेसलाई र उप–मेयर समाजवादीको सहमतिमा उप–मेयर तथा मेयर नपाउनेलाई दिन प्रस्ताव गरिएको छ । यो प्रस्ताव अनौपचारिक हो ।

Published : Monday, 2022 April 18, 12:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया