कांग्रेसलाई हराउन मल्लको ‘बागी ग्याङ’ सक्रिय, कारबाही गर्न माग
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् डडेल्धुराका पूर्वसभापति कर्णबहादुर मल्लले कांग्रेसका उम्मेदवारहरूलाई हराउन अन्तरघाती हर्कतहरू गरिरहेका छन् ।
स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई जिताउनुपर्ने बेला मल्लले डडेल्धुरामा कांग्रेस हराउने अभियानको नेतृत्व गरेको आरोप छ । आफूले भनेअनुसार नभएपछि आत्तिएका मल्लले स्थानीय तहमा कांग्रेस हराउन मोर्चा कसेका हुन् ।
मल्लको समूहले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिने तयारी गरेको चर्चा छ ।
मल्लले डडेल्धुराका दुई नगरपालिका र ५ गाउँपालिकामा प्यानलसहित बागी उम्मेदवारी दिन लागेको आरोप छ ।
मल्लले अमरगढी नगरपालिकामा हरि भट्ट र परशुराम नगरपालिकामा डम्बरसिंह विष्टको नेतृत्वमा बागी उम्मेदवारी दिने तयारी गरेका छन् ।
गन्यापधुरा गाउँपालिकामा सुरेन्द्र मालीको नेतृत्वमा बागी उम्मेदवारी दिने तयारी छ ।
नवदुर्गा गाउँपालिकामा गोकुल शाही र भागेश्वर गाउँपालिकामा लोकराज भट्टको नेतृत्वमा मल्लले बागी उम्मेदवार उठाउने तयारी गरेका छन् ।
अजयमेरु गाउँपालिकामा नरबहादुर ठकुराठी, लोकराज भट्ट र कमला विष्टमध्ये कुनै एकको नेतृत्वमा बागी उम्मेदवार बन्ने चर्चा छ ।
आलिताल गाउँपालिकामा धनबहादुर देउवा र तेजबहादुर खड्कामध्ये कुनै एकको नेतृत्वमा मल्लले बागी उम्मेदवार उठाउन लागेका छन् ।
पूर्वसभापति मल्लले पार्टी अनुशासन र विधान विपरितका हर्कत गर्दै आएका छन् । मल्ललाई अनुशासनको कारबाही गर्न माग पनि उठेको छ ।
सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मल्लको हर्कतले कांग्रेसका कार्यकर्ता निराश छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया