महानगर र उप–महानगरमा यी हुन् एमालेका मेयर र उप–मेयरहरूको नाम
काठमाडौं । एमालेले महानगरपालिका र उप–महानगरपालिकाका उम्मेदवारहरूको सिफारिस गरेको छ ।
सुनसरीको इटहरी उप–महानगरमा मेयरमा द्वारिकलाल चौधरी, लक्ष्मी गौतम, यामकुमार सुब्बा, रामप्रसाद चौलागाईं, बन्नुलाल चौधरी र रेवतीप्रसाद घिमिरेको नाम सिफारिस भएको छ ।
उप–मेयरमा अम्बिका चौधरी, विष्णु शर्मा नेपाल, अमला श्रेष्ठ, अनिता शर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रुक्मिणी कोइराला र मिथिला पोखरेलको नाम सिफारिस भएको सुनसरी एमालेले जनाएको छ ।
सुनसरीकै धरानको मेयरमा मञ्जु भण्डारी, मनोजकुमार मेयाङ्बो, विजय राई, प्रकाश राई, मोतीराज सुनुवार, दोर्पध्वज राई, किशोरकुमार कार्की, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला र तीर्थ मास्केको नाम सिफारिस भएको छ ।
उप–मेयरमा सुशीला पहाडी, लहरू जिमी, पदम इस्वो लिम्बू, ईन्द्रकला राई, सविता चाम्लिङ र लीला राईको नाम सिफारिस भएको छ ।
धनुषाको जनकपुर उप–महानगरपालिकाको मेयरमा शिवशंकर साह ‘हिरा’लाई एमालेले सर्वसम्मत रूपमा सिफारिस गरेको छ ।
मकवानपुरको हेटौँडा उप–महानगरपालिकाको मेयरमा हरिबहादुर महत, अनन्त पौडेल र गणेशकुमारी प्रधानको नाम सिफारिस भएको छ ।
उप–मेयरमा ईन्द्र नेपाल, सुमित्रा काफ्ले र आरती पाठकको नाम सिफारिस भएको एमालेले जनाएको छ ।
बारा जिल्लाको कलैया उप–महानगरपालिकाको मेयरमा विनोद साह, रविन्दा श्रेष्ठ, कलाम उदिन, भवानी दुलालको नाम सिफारिस भएको छ ।
जितपुर–सिमरा उप–महानगरपालिकाको मेयरमा काशीसन हुसेन, सरस्वती चौधरी, राधेश्याम सिवाकोटी, मनोज पौडेल, भरत घले, विश्वनाथ लामिछाने, अनिल मैनाली, प्रह्लाद साह, माधव चौधरीको सिफारिस भएको छ । यिनै नामबाट एमालेले उप–मेयरमा प्रस्ताव गर्नेछ ।
रुपन्देहीको बुटवल उप–महानगरपालिकाको मेयरमा शिवराज सुवेदी, गुमादेवी आचार्य, गोपाल राना, बाबुराम भट्टराई, सावित्रा अर्याल, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराईको नाम सिफारिस भएको छ ।
उप–मेयरमा टंक पराजुली, खेम लुइँटेल, ज्ञानु केसी, मधुकला कुँवर र कल्पना थापाको नाम सिफारिस भएको छ ।
दाङको घोराही उप–महानगरको नरुलाल चौधरी र सीता सिग्देल न्यौपानेको नाम सिफारिस भएको छ ।
उप–मेयरमा हीरा पुन र हुमा डिसीको नाम सिफारिस भएको छ ।
तुलसीपुर उप–महानगरपालिकाको मेयरमा अध्यक्ष टीकाराम खड्का, कृष्णप्रसाद भुसाल र माया आचार्यको नाम सिफारिस भएको छ ।
उप–मेयरमा युवा करारा, स्यानी चौधरीको नाम सिफारिस भएको दाङ एमालेले जनाएको छ ।
बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाको मेयरमा पशुपति दयाल मिश्रलाई सर्वसम्मत सिफारिस गरिको छ ।
उप–मेयरमा शान्ति ढकालको नाम सिफारिस भएको छ ।
कैलालीको धनगढी उप–महानगरमा उम्मेदवारहरूका बीच सहमति हुन सकेको छैन । धेरै आकांक्षी भएपछि समस्या भएको हो ।
एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला र इन्दिरा पन्तको नाम सिफारिस भएको छ ।
उप–मेयर रत्ना गुरुङ, पेम्बा लामा र मीना काफ्लेको नाम सिफारिस भएको छ ।
ललितपुर महानगरपालिकको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उप–मेयरमा मञ्जली शाक्यको सिफारिस भएको छ ।
पोखरा महानगरपालिकाको मेयरमा दर्शन लामा, दीपकबहादुर पौडेल, कृष्णबहादुर थापा, राजीव पहारी, रश्मि आचार्य, मीनाकुमारी गुरुङ, पुष्पज्योति ढुंगाना, भीमबहादुर कार्की, सावित्री भण्डारी, बिखकल्याण पराजुली, बालकृष्ण काउछामगर र पुष्पराज अधिकारीको नाम सिफारिस भएको छ ।
उप–मेयरमा विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र वामदेव ढुंगानाको नाम सिफारिस भएको छ ।
भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीको नाम सिफारिस भएको छ ।
वीरगञ्ज महानगरपालिकाको मेयरमा विजय सराबगीको नाम सिफारिस भएको छ ।
विराटनगर महानगरपालिकाको मेयरमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस भएको छ ।
उप–मेयर शिल्पा कार्की, विमला घिमिरे दाहाल, अञ्जु उपाध्यायको नाम सिफारिस भएको छ ।
एघार उप–महानगरमध्ये जनकपुर र नेपालगञ्जमा एमालेले मेयरको उम्मेदवार सर्वसम्मत छनोट गरेको छ ।
वीरगञ्ज र भरतपुरमा एमालेले उप–मेयरको नाम टुंग्याउन सकेको छैन । एमालेले धनगढी उप–महानगरपालिकाको मेयर र उप–मेयरको नाम पनि बाहिर ल्याएको छैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया