कांग्रेसको काठमाडौं महानगरका सभापति शाक्य बढ्ता भए, गगनको पुच्छर नबन्न चेतावनी
काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिका सभापति नीलकाजी शाक्य अलिधेरै बढ्ता भएका छन् ।
कांग्रेस नेता प्रकाशमान सिंहको आशीर्वाद पाएर सभापतिमा विजयी भएका शाक्यले पार्टीमा आफूखुसी निर्णय र हर्कत गरेपछि विरोध हुन थालेको छ । सभापति शाक्य महामन्त्री गगनकुमार थापाको निर्देशनमा निरंकुश बन्न थालेको आरोप छ ।
सभापति शाक्यले काठमाडौं महानगर कार्यसमितिको बैठकमा प्रगतिमान रञ्जितलाई खबर नै नगरेको आरोप छ । रञ्जित १४औँ महाधिवेशनमा शाक्यसँग पराजित भएका थिए । रञ्जित कार्यसमितिका सदस्य पनि हुन् ।
कांग्रेस विधानअनुसार निकटतम प्रतिस्पर्धी पनि स्वतः सदस्य रहने भएकोले कार्यसमिति बैठकमा बोलाउनुपर्ने व्यवस्था छ ।
रञ्जितले भने, ‘मलाई महानगर कार्यसमितिले अहिलेसम्म बैठकमा बोलाएको छैन । आज मेयरका लागि नाम सिफारिस गर्नेजस्ता एजेण्डामा छलफल गरिएछ । म पनि आकांक्षी छु । आकांक्षा राख्छ भनेरै बैठकमा नबोलाइएको हो कि ?’
नेता रञ्जितले पार्टीको विधानलाई ख्याल गर्न सभापति शाक्य र उनको समूहलाई आग्रह गरेका छन् ।
कार्यसमितिका सचिव पुरूषोत्तम खकुरेलले नेता रञ्जितलाई बैठकमा बोलाउने गरिएको दाबी गरेका छन् ।
कांग्रेसको अधिवेशनमा शाक्यले ७८६ मतसहित सभापतिमा जितेका थिए । रञ्जितले ३२९ मत ल्याएका थिए । रञ्जित सभापति शेरबहादुर देउवा निकटका मानिन्छन् ।
शाक्य नेता प्रकाशमान सिंह निकट मानिए पनि पछिल्लो समय महामन्त्री गगनकुमार थापाको पुच्छर बनेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया