एक–दुई दिनमा जति कुरा मिल्छ त्यसमा तालमेल, अन्यथा मित्रवत प्रतिस्पर्धा गर्छौं : गगन थापा

काठमाडौं । पाँच दलीय गठबन्धनभित्र चुनावी तालमेललाई लिएर विवाद भइरहेका बेला नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक/दुई दिनभित्र जति ठाउँमा तालमेल हुन्छ त्यही ठाउँमा मात्रै तालमेल हुने बताएका छन् ।

काठमाडौंका बुढानिलकठमा आइतबार आयोजित कार्यक्रममा महामन्त्री थापाले १/२ दिनमा सहमति नभएका ती स्थानलाई सहमतिका नाममा थप समय उपलब्ध नहुने बताएका हुन् ।

‘अबको एक/दुई दिनभित्रमा जहाँ–जहाँ तालमेलको सम्भावना छ । त्यहाँ तालमेल हुन्छ’, उनले भने, ‘जहाँ सम्भावना छैन, त्यहाँ तालमेल हुँदैन ।’

‘स्थानीय तहको मर्मविपरीत भएको छ । स्थानीय तहलाई दिएको अधिकार पनि खोसियो’, थापाले भने, ‘एक्लै जाने तालमेल गर्ने तपाईंहरूले निर्णय गर्ने हो ।’

निर्णय गर्न सकिएन भनेर माथिल्लो तहमा नपठाउन उनले मातहतका कार्यसमितिलाई निर्देशन दिएका छन् ।

‘तल तालमेल गर्ने कुरा मिले मिल्छ । तल तालमेल मिलेन भनेर माथि पठाउन हुँदैन’, उनले भने, ‘तालमेलको टुंगाउने अधिकार तल्लो तहलाई नै छ ।’

केही स्थानमा तालमेलमा असहमति भएपछि निर्णयाधिकार माथिलाई दिइएको छ ।

Published : Sunday, 2022 April 17, 1:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया