कांग्रेसलाई तरुणहरूले जिताउनुपर्छ : तरुण अध्यक्ष गुरुङ
सुनवल । नेपाल तरुण दलका अध्यक्ष विद्ववान गुरुङले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गर्ने बताएका छन् ।
शनिबार नेपाल तरुण दल सुनवलद्वारा आयोजित बृहत् तरुण भेलालाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले तरुणहरूले आफ्ना पार्टीका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।
कांग्रेसले निर्वाचन जित्नुपर्ने बताएका उनले कांग्रेस पराजित भयो भने मुलुकमा लोकतन्त्र पराजित हुने बताएका छन् ।
उनले अहिलेको लडाइँ भनेको लोकतन्त्र र ओलीतन्त्रवीचको भएको बताएका छन् । लोकतन्त्र, संविधान र महिलाहरूको रक्षाका लागि कांग्रेसले जित्नुपर्ने उनले बताएका छन् ।
उनले कांग्रेस नेतृत्वको गठवन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।
कांग्रेसको जुनसुकै उम्मेदवार भए पनि त्यस्ता उम्मेदवारलाई जिताउनुपर्ने उनले बताए ।
तरुणको सक्रिय भुमिका रहनुपर्ने र कांग्रेसका उम्मेदवारहरूलाई जिताउन तरुणहरूको ठूलो भूमिका रहने उनले बताएका छन् ।
गठबन्धनका उम्मेदवारलाई इमान्दारिताका साथ सहयोग गर्नुपर्ने अध्यक्ष गुरुङले बताएका छन् ।
निर्वाचनका बेला अन्तरघात गरेर आधिकारिक उम्मेदवारलाई हराउने कार्य भयो भने अनुशासनको कारबाही गर्ने पनि उनले बताएका छन् ।
कार्यक्रममा अध्यक्ष गुरुङले एमाले, माओवादी केन्द्रसहित विभिन्न दल परित्याग गरेका युवा र तरुणलाई कांग्रेसमा प्रवेश गराएका थिए ।
कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, तरुण दल सुनवल नगर समितिका अध्यक्ष पविन गुरुङलगायतको उपस्थिति रहेको थियो ।






बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया