अमृताको मृत्युपछि रुपन्देहीमा बबाल
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ भेटेनरी लाइनकी २९ वर्षीया अमृता खत्रीको मृत्यु भएको छ ।
विष सेवनबाट सिकिस्त भएकी अमृताको बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
अमृताको माइती पक्षले आत्महत्या नभई हत्या भएको दाबी गरेका छन् ।
अमृताका श्रीमान् प्रेम टण्डन र आफन्तबाट हत्या भएको भन्दै माइती पक्षले कारबाहीको मागसहित अमृताको घर घेराउ गरेका छन् ।
पीडकलाई कारबाहीको माग गर्दै बिहीबार बिहानदेखि दिउँसोसम्म माइती र स्थानीयले घर घेराउ गरेका हुन् ।
घरपरिवारले अमृतालाई कुटपिट र यातना दिएपछि विष सेवन गराएर हत्या गरेको स्थानीयको आरोप छ ।
दबाब बढेपछि सोधपुछका लागि भन्दै प्रहरीले प्रेमलाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले विष सेवन गरेर गम्भीर भएकी अमृतालाई पति प्रेमले उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पु¥याएको बताएका छन् ।
अमृताले आफ्ना दाई पुष्पक खत्रीलाई बुधबार राति ९ बजेर ३२ मिनटमा बचाउन र घरबाट निकाल्न अपील गर्दै म्यासेज लेखेकी थिइन् ।
म्यासेज आएपछि माइती पक्ष सोधखोजमा लाग्दै थिए । अमृताको मोबाइल अफ थियो ।
करिब १० बजेर १५ मिनेटपछि प्रेमले बहिनी बिरामी भएको भन्दै अस्पतालमा बोलाएका थिए ।
अमृताको डायरीमा रहेको अन्तिम पाना च्यातिएकाले पनि घटना रहस्यमयी भएको दाजु दाजु पुष्पकले बताएका छन् ।
तिलोत्तमा–२ बरपिपलपथकी अमृताको ९ वर्षअघि विवाह भएको थियो । उनका ८ वर्षीय छोरा छन् ।
मंगलबार मात्रै अमृतामाथि कुटपिट भएपछि छिमेकीले माइतीपक्षलाई बोलाएका थिए । माइतीले मिलेर बस्न आग्रह गर्दै फर्केका थिए ।
अमृताले नयाँ मिलमा रहेको एक फर्निचर उद्योगमा काम गर्थिन् । घरपक्षले बुहारीले जागिर खाएको राम्रो नहुने भन्दै छोड्नसमेत दबाब दिएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया