ललितपुरमा जलेर एक जनाको मृत्यु, ७ जनाको उद्धार

काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको एउटा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार कोन्ज्योसोम गाउँपालिका–५ भारदेउस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिएका छन् ।

जयबहादुर लोप्चनको ढुंगा र माटोले बनेको दुई तले कच्ची घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको उनले बताएका छन् ।

घरमा आगलागी भएको भन्ने खबरपछि प्रहरी निरीक्षकसहितको टोली खटिएको थियो ।

टोलीले ७२ वर्षीया कान्छीमाया लोप्चनको शव निकालेको प्रहरी उपरीक्षक शाहले बताए ।

घरका अन्य ७ जनाको सकुशल उद्धार गरिएको थियो ।

४ लाख बराबरको सुन, ६ तोलाको सुन लगायत गरी १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Published : Thursday, 2022 April 14, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया