एआईजी बढुवाका लागि सूचना प्रकाशित, गौतमको भाग्य खुल्ने
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सूचना प्रकाशन गरेको छ ।
बढुवा हुनका लागि मूल्यांकन फारम भरी तीन दिनभित्र गृह मन्त्रालयको बढुवा समितिको सचिवालयमा पेस गर्न सूचना प्रकाशन गरिएको हो ।
सशस्त्र प्रहरीमा एक जना एआइजीको पद खाली भएको छ । डीआईजीबाट बढुवा हुने एआईजीलाई नै वैशाख २० गते आईजीपी बनाइनेछ ।
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले बुधबार सूचना जारी गरेका छन् ।
केसीलाई आईजीपीमा सरकारले बुधबार बढुवा गर्ने निर्णय गरेको थियो । केसीले वैशाख १९ गते उमेर हदका कारण अनिर्वाय अवकास पाउँदैछन् ।
‘बढुवाका सम्भाव्य उम्मेदवार रहेका प्रहरी नायब महानिरीक्षकहरू (डिआइजी) ले आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रका प्रतिलिपिहरू संलग्न गरी मूल्यांकन फारम भरी सूचना प्रकाशन भएको मितिले तीन दिनभित्र गृह मन्त्रालयको बढुवा सचिवालयमा पेस गर्नू,’ सूचनामा उल्लेख छ ।
एआइजीको लागि डिआइजी राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम प्रतिस्पर्धा गर्दैछन् ।
तीन जना डीआईजीमध्ये गौतम सबैभन्दा अब्बल मानिन्छन् । गौतमको नै एआईजीमा बढुवा हुने सम्भावना छ । एआईजीमा बढुवा भएमा गौतम नै वैशाख २० गतेदेखि सशस्त्र प्रहरीको आईजीपी हुनेछन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया