कांग्रेससँग डराएका ओलीले थापासँग घाँटी जोडे, राप्रपा नेपालले सूर्य चिन्हबाट उम्मेदवारी दिने
काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनले स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेपछि हार्ने डरले आत्तिएको एमालेले कमल थापाको राप्रपा नेपालसँग चुनावी गठबन्धन गरेको छ ।
राप्रपा नेपालका अध्यक्ष थापाले एमालेको चुनाव चिन्ह ‘सूर्य’लाई स्थानीय तहको निर्वाचनमा प्रयोग गर्ने निर्णय गरेर कम्युनिस्टको नजिक पुगेका छन् ।
केही महिना अगाडि मात्रै थापाले राप्रपालाई फुटाएर राप्रपा नेपाल बनाएका हुन् । थापाको पार्टीको संगठन निकै कमजोर छ ।
राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठ र एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहालले बुधबार ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेताहरूको उपस्थितिमा दुई पार्टीबीच सहमतिपत्र आदानप्रदान भएको विज्ञप्तिमा उल्लेख छ ।
सहमतिअनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ ।
राप्रपा नेपालका उम्मेदवारले पनि ‘सूर्य’ चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।
राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा एमालेका उम्मेदवारलाई सघाउनेछ ।
एमालेले पनि राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया