१९ दिनका लागि केसी बने सशस्त्र प्रहरीको आईजीपी, त्यसपछि गौतमको पालो

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षक (आईजीपी)मा पुष्पराम केसीलाई नियुक्त गरेको छ ।

बालुवाटारमा बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले एआइजी केसीलाई आईजीपी बनाएको हो । वरिष्ठ एआईजी भएकै कारण सरकारले केसीलाई आईजीपी बनाएको छ ।

आईजीपी शैलेन्द्र खनालले उमेर हदका कारण चैत २८ गते अनिवार्य अवकाशमा गएपछि आईजीपी पद खाली थियो ।

केसी १९ दिनका लागि मात्रै सशस्त्र प्रहरी महानिरीक्षक बनेका हुन् । केसीले पनि वैशाख १९ गते उमेर हदका कारण अनिर्वाय अवकास पाउनेछन् ।

केसीसँगै एआइजी रामशरण पौडेल पनि अवकाशमा जानेछन् । १९ दिनपछि सरकारले तीन जना डीआईजीबाट आईजीपी बनाउनेछ ।

डीआइजी राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम भावी आईजीपी हुन् । उनीहरूमध्ये चन्द्रप्रकाश गौतम आईजीपी बन्ने सम्भावना निकैछ । गौतमलाई एआईजीमा बढुवा गरेर आईजीपी बनाउने तयारी छ ।

सशस्त्र प्रहरी नियमावलीमा एआइजीबाट मात्रै आईजीपी नियुक्त गर्न सकिने प्रावधान छ । १९ दिनपछि बन्ने सशस्त्र प्रहरीको आईजीपीको कार्यकाल ४ वर्षको हुनेछ ।

Published : Wednesday, 2022 April 13, 12:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया