भारतसँग देउवाको असल कुटनीतिबाट ओलीलाई तनाब, भुक्न थाले एमालेका ‘छाउरा’हरू
काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको विदाइमा राखिएको रिसेप्सनमा प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरू सहभागी भएका छन् ।
कुटनैतिक मर्यादाअनुसार पनि राजदूतको विदाइमा हुने कार्यक्रममा सहभागी हुनु ठूलो कुरा होइन । तर, एमालेका ‘अरिङ्गाल’हरूले नानाभाँती भनेर प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल तथा राजदूत क्वात्राको अपमान हुने गरेर टिकाटिप्पणी गरेका छन् ।
नेपालका लागि भारतीय राजदूत क्वात्रा भारतको नयाँ विदेश सचिव पनि हुन् । विदेश सचिव जस्तो व्यक्तिको सम्मानमा राखिएको कार्यक्रममा गएर नेपाल र भारतको सम्बन्धलाई सुधारमा झन् टेवा दिनु राम्रो हो ।
क्वात्राले आफू विदा भएर जाने बेलामा मंगलबार राति लैनचौरस्थित राजदूतावासमा विदाइ कार्यक्रम र रिसेप्सन पार्टी राखेका थिए । त्यो कार्यक्रमको तस्विर एमालेका नेताहरूसँग गएका स्वकीय सचिव, पिएसओ र एमाले समर्थक पत्रकारहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेर बद्नाम गर्ने प्रयास गरेका छन् ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाई बहुमतको कम्युनिस्ट सरकारले भारतसँग बिगारेको सम्बन्धलाई सुधार गर्ने प्रयास देउवाले गरेका छन् ।
ओली भारतीय राजदूतको विदाइ कार्यक्रममा नगए पनि संसदीय दलका उप–नेता सुवासचन्द्र नेम्वाङलाई पठाएका थिए ।
भारतको आलोचना गरेर कथित राष्ट्रवादी बन्ने लाइनमा रहेका ओली र उनका अरिङ्गालहरूलाई विगतमा जस्तो सजिलो छैन ।
सत्ता गुमाएको पीडामा रहेका एमालेका छाउराहरूले प्रधानमन्त्री देउवाले देखाएको सुझवुझपूर्ण कदमलाई समयमा बुझ्दा नेपाल र भारतको कुटनैतिक सम्बन्ध झन् राम्रो हुनेछ ।
सत्ताफुत्किएको पीडामा रहेका एमालेका नेता र कार्यकर्ताहरूले भारतको नयाँ विदेश सचिव क्वात्राले काठमाडौंमा राखेको कार्यक्रममा सहभागी हुनुलाई नबुझ्नु भनेको विदेश नीतिबारे ज्ञान नभएको भनेर टिकाटिप्पणी भएका छन् ।
भारतले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई महत्व दिएपछि ओली र एमालेका छाउराहरूलाई तनाब भएको छ । भारतले ओलीलाई शुरुमा साथ दिए पनि उनका हर्कत र कुटनैतिक मर्यादाविपरितका कार्यले गर्दा भारतले महत्व दिएको थिएन । सोही कारण ओलीलाई आफूले भारतबाट सम्मान नपाएको पीडा छ । उनका कार्यकर्ताहरूलाई पनि त्यो पीडा छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया