दाङका २ उप–महानगर र १ नगरमा कांग्रेसका यी हुन् सम्भावित उम्मेदवार
घोराही । नेपाली कांग्रेस दाङबाट दुई उप–महानगर र एक नगरपालिकाका लागि मेयरका दाबेदारहरू खुलेर मैदानमा देखिएका छन् ।
टिकटका लागि नेताहरूले आ–आफ्ना दाबीहरू गरिरहेका छन् । टिकटका लागि लबिङसमेत शुरु भएका छन् ।
घोराही उप–महानरपालिकाको मेयरमा भुपबहादुर डाँगी सबैभन्दा अगाडि छन् । मेयरमा दाबी गर्ने अरु नेताहरू रहे पनि कांग्रेसले डाँगीलाई नै टिकट दिने सम्भावना निकै रहेको स्रोतको भनाइ छ ।
तुलसीपुर उप–महानगरपालिकाको मेयरमा आधा दर्जनभन्दा धेरै नेताहरूले दाबी गरेका छन् । मेयरमा कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पाउने सम्भावना निकै छ । गिरीको पक्षमा दाङ कांग्रेसका शीर्ष नेताहरूबीच प्रारम्भीक सहमति बनेको चर्चा छ ।
हुन त तुलसीपुर उप–महानगरमा मेयरका लागि घनश्याम रेग्मी, कीर्तिबहादुर खड्का, विमल रिजाल, सुरेश हमालको पनि दाबी छ ।
लमही नगरपालिकाको मेयरमा जोगराज चौधरीको सम्भावना निकै छ । चौधरीले गएको निर्वाचनमा अन्तरघातका कारण जम्मा ७३ मतले पराजित भएका थिए ।
लमहीको मेयरमा दिवानजंग चौधरी, कर्णबहादुर बुढाथोकी, मोहन गिरी, हल्लुप्रसाद चौधरी, लीलाराम खनाल, बासुदेव जंगली, राकेश पन्त, , मधु न्यौपानेको पनि दाबी रहेको छ ।
घोराही उप–महानगरपालिका, तुलसीपुर उप–महानगरपालिका र लमही नगरपालिकालाई गएको स्थानीय निर्वाचनमा कांग्रेसले पार्टीभित्रै अन्तरघातका कारण गुमाएको थियो ।
कांग्रेसभित्रको आन्तरिक कलहले गर्दा एमालेले जितेको थियो । यस पटक स्वार्थी नेताहरूले अन्तरघात गरे भने कांग्रेस र कांग्रेसका मतदाताहरूले ठूलो नोक्सानी व्यहोर्नुपर्नेछ ।
गठबन्धन बनेका कारण उप–मेयर यस पटक माओवादी केन्द्र र नेकपा (एस)ले पाउने सम्भावना छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया