सभापति बानियाँद्वारा १ सय कम्युनिस्टलाई कांग्रेसमा स्वागत, निजी खर्चमा एम्बुलेन्स प्रदान
ईन्द्रसरोवर । मकवानपुरमा एमाले, माओवादी, राप्रपासहितका दल परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मंगलबार ईन्द्रसरोवर गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बागमती प्रदेश कांग्रेसका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले एक सयभन्दा धेरै स्थानीय नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
सभापति बानियाँले नवप्रवेशीहरूलाई कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा सबैलाई सधैँ ढोका खुला रहेको बताए । उनले कांग्रेसलाई स्थानीय तहको निर्वाचनमा विजयी बनाउन सबैसँग अपील पनि गरेका छन् ।
यसैबीच, सभापति बनियाँले मकवानपुरको मार्खु स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।
सभापति बनियाँले ईन्द्रसरोवर गाउँपालिका– १ मा रहेको स्वास्थ्य चौकीलाई मंगलबार एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । उनले इन्द्रसरोवर– १ का वडाध्यक्ष जमानसिंह वाइबालाई चाबी हस्तान्तरण गरेका छन् ।
स्व.राजकुमार बानियाँको स्मृतिमा सभापति बानियाँले निजी खर्चमा एम्बुलेन्स किनेर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको उनको निजी सचिवालयले जनाएको छ ।
सभापति बानियाँले राजनीति समाजसेवा गर्नका लागि गरेको भन्दै जनताको सेवाका लागि एम्बुलेन्स दिएको बताए ।
बनियाँले मार्खु स्वास्थ्य चौकीको स्तरोन्नति र भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले राजनीति समाजसेवा भएको बताउँदै एम्बुलेन्स उपलब्ध गराउने कांग्रेस सभापति बानियाँलाई धन्यवाद दिएका छन् ।
बानियाँले राज्यबाट पाउने सेवा सुविधा समेत समाजसेवामा खर्च गरिरहेको जनाएका छन् ।
वडाध्यक्ष वाइबाले एम्बुलेन्स उपलब्ध गराएको भन्दै सभापति बानियाँलाई धन्यवाद दिएका छन् ।
एम्बुलेन्स हस्तान्तरण समारोहमा मार्खु स्वास्थ्य चौकीका प्रमुख सुवास राना, युवा नेता मीनकृष्ण महर्जन, ईन्द्रसरोवर गाउँपालिकाको कांग्रेस सभापति विश्व लामा, तरुण दल अध्यक्ष कृष्ण बलामी, समाजसेवी सुमन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
सभापति बनियाँले मकवानपुरको स्वास्थ्य, शिक्षा, पर्यटन, भौतिक पूर्वाधार विकासका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।







बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया